बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा जेल परेका बाबाको रिहाईको माग गर्दैै जनकपुरमा प्रदर्शन

आइतबार, ०२ मङ्सिर २०७५, १८ : ३२
आइतबार, ०२ मङ्सिर २०७५

जनकपुर– जेल जीवन व्यतित गरिरहेका रामपालका अनुयायीहरुले जनकपुरमा रिहाईको माग गर्दै प्रदर्शन गरेका छन् ।

४ महिला र १८ महिने शिशुसहित १९ जनाको हत्या गरेको अभियोगमा भारतीय अदालतले बाबा रामपाललाई जन्मकैद सजाय सुनाएको थियो । अदालतको फैसलाले उनीमाथि अन्याय गरेको भन्दै रामपालका अनुयायीले जनकपुरमा आज जुलुस प्रदर्शन गरेका हुन् ।

नेपाल सरकारले बाबा रामपालको रिहाइको पहल गर्नुपर्ने भन्दै प्लेकार्डसहित सयौँको संख्यामा रहेका अनुयायीले प्रदर्शन गरेका छन् ।

दोलखा चरिकोटबाट प्रदर्शनमा सहभागी हुन् आएका डम्बरबहादुर दाहालले आजको दिन बाबा रामपाललाई सजाय सुनाएकोले यो दिनलाई कालो दिनको रुपमा प्रदर्शन गरेको बताए । उनले रामपाल बाबा दोषी नभएकाले उनको रिहाइको पहल गर्न नेपाल सरकारसँग माग समेत गरे । 

बाबा रामपालमाथि हरियानास्थित उच्च अदालतले दोषी ठहर गरि जन्कैदको फैसला सुनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप