बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स

आइतबार, ०२ मङ्सिर २०७५, १७ : ०३
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच आज बैंकास्युरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पी. प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेबीच हस्ताक्षर भएको छ ।

उक्त कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ, मार्केटिङ मेनेजर तीर्थराज पुरी तथा बैंकका तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतसागर शर्मा र बरिष्ठ मार्केटिङ मेनेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो ।

सो सम्झौतानुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप