शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा माई हाइड्रोपावरले हकप्रद जारी गर्ने

सोमबार, ०९ साउन २०७४, १५ : ३४
सोमबार, ०९ साउन २०७४

काठमाडौं–सानिमा माई हाइड्रोपावरले सेयरधनीका लागि एक करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । एक सेयर बराबर एकको अनुपातमा साउन ९ गतेसम्म कायम सेयरधनीका लागि यो हकप्रद सेयरको विक्रि निस्कासन गर्न लागेको हो । 
कम्पनीले हकप्रद सेयर निस्कासन तथा विक्रि साउन २७ गतेदेखि भदौ २९ गतेसम्म खुला गरेको जनाइएको छ । यसको विक्रि प्रवन्धकमा सनाइज क्यापिटल छ । 
आवेदकले सनराइज क्यापिटल कमलपोखी, सानिमा बैंकका उपत्यकाभित्रका शाखा तथा उपत्यका वाहिरका विराटनगर, विर्तामोड, विरगञ्ज, वुटवल, धरान, दमक, लहान, नारायणगढ, नेपालगञ्ज र पोखरावाट आवेदन भर्न सक्नेछन् । यो हकप्रद जारी भएपछि कम्पनीको पुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप