दातृ निकायले दिएको सहयोग अन्त्य हुने खतरा छ : अर्थसचिव खनाल
काठमाडौं–अर्थसचिव राजन खनालले देशको संघीयतालाई अन्तर्राष्ट्रिय दातृ निकायले नजिकबाट नियालिरहेको र खर्च प्रणालीका विषयमा प्रश्न गरिरहेको बताएका छन् ।
दातृ निकायले दिएको सहयोगबाट भएका कामहरुको प्रतिवेदन सही ठाउँमा जान्छ कि जाँदैन यसमा प्रश्न रहेको उनले उल्लेख गरे ।
खनालले भने, ‘उनीहरुले दिएको सहयोगको खर्च प्रणाली प्रतिवेदनबाट सही जवाफ दिन सकेनौ भने सोे सहयोग अन्त्य हुने खतरा छ’ ।
वित्तीय संघीयता आफैँमा सहज नभएकोले खर्च प्रणालीलाई पारदर्शी बनाउन पनि उनले आग्रह गरे । आइतबारबाट राजधानीमा सुरु भएको सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले सार्वजनिक वित्ति व्यवस्थापन लाई सुधार गर्न तयार रहेको बताए ।
यस्तै महालेखा परिक्षक टंकमणि शर्मा दंगालले नीति नियम र योजना कार्यान्वयनको पक्ष कमजोर रहेको औँल्याए । उनले फिल्ड अफिसर भन्दा पनि ऐन नियम उल्लंघन गर्नेमा केन्द्र र मन्त्रालय अगाडि देखिएको आरोप लगाए ।
कार्यक्रम निर्माण, बजेट तर्जुमा लगायत हरेक ठाउँमा कमजोरी देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न पनि मातहतका निकायलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम
-
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो