शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म सयकडा दश : पहिलो गीत ‘दाइलाई कुरा लाइदिनी’

आइतबार, ०२ मङ्सिर २०७५, १३ : १६
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं – भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ले पहिलो गीत ‘दाइलाई कुरा लाइदिनी...’सार्वजनिक गरेको छ । 
‘प्रेमगीत २’का निर्देशक  रामशरण पाठकको निर्देशन रहेको चलचित्रले यो गीतसँगै प्रचार थालनी गरेको हो । 

‘दाइलाई कुरा लाइदिनी, सात्तो खाइदिनी...’ बोलको गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् । तृषला गुरुङ र सन्देश पाठकको स्वर रहेको गीत निर्देशक पाठकले नै लखेका हुन् ।

गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोलको अभिनय रहेको छ । 
मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो । 

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । यसका सहनिर्माता साजन थापा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप