शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१४ वर्षे विवाहको धमाकेदार अन्त्यः वेडिङ ड्रेसमा विस्फोटक भरिन्, राइफलले गोली हानेर उडाइदिइन्

आइतबार, ०२ मङ्सिर २०७५, १२ : ४६
आइतबार, ०२ मङ्सिर २०७५

अमेरिकाको टेक्सासकी एक महिलाले आफ्नो १४ वर्ष पुरानो विवाहलाई निकै अचम्म तरिकाले समाप्त भएको घोषणा गरेकी छिन् । महिलाले वेडिङ ड्रेसमा विस्फोटक भरेर त्यसमा आगो लगाइदिएकी छिन् । उक्त बिस्फोटको आवाज २५ किलोमिटर परसम्म सुनिएको बताइन्छ ।

४३ वर्षकी किम्बर्ली सेन्टलेबेनले १४ वर्षपछि आफ्नो विवाहलाई अन्त्य गरेकी छिन् । यो मौकामा गत शनिबार उनले एक डिभोर्स पार्टी आयोजना गरेकी थिइन् ।

डिभोर्स पार्टीमा केक र अन्य चीजबाहेक वेडिङ ड्रेसमा आगो लगाउने कार्यक्रम पनि थियो । महिलाले राइफलमार्फत आफ्नो वेडिङ ड्रेसमा गोली हानिन् त्यसपछि ठूलो बिस्फोटको आवाज सुनियो ।

किम्बर्लीकी बहिनी कार्लाका अनुसार नोभेम्बर ९ तारिखमा सम्बन्धविच्छेदको प्रक्रिया पूरा भएको थियो । किम्बर्लीले विवाहको पहिरन जलाउनुका कारणमा यस्तो भनिन्, ‘जब मैले साथीलाई आफू वेडिङ ड्रेसबाट छुटकारा पाउन चाहन्छु भन्ने जानकारी दिएँ तब धेरैले मलाई त्यो दान दिन आग्रह गरे तर म यसको सांकेतिक अर्थ चाहन्थें ।’  

‘मेरो लागि वेडिङ ड्रेस एउटा झुट थियो त्यसकारण यसलाई जलाउन मैले डिभोर्स पार्टीको आयोजना गर्ने निर्णय गरें,’ उनले भने ।

‘विवाहलाई दर्साउने सबै कुरा म घरबाट निकाल्न चाहन्थे । एटिकमा भएका फोटो, सेफमा राखिएको औंठी (सायद त्यसलाई म बेच्छु होला) र वेडिङ ड्रेस जलाउन चाहन्थें ।’

वेडिङ ड्रेसमा बिस्फोटक पदार्थ हालेर उडाइदिने सल्लाह उनका बुवा र दाइको हो ।

‘एकातर्फ मलाई उक्त दृश्य एक्सन फिल्मको सेट जस्तो लागिरहेको थियो । बिस्फोट निकै भयानक थियो ।’ किम्बर्लीले भनिन् । ‘ट्रिगर दबाउँदा म मुक्त भएको भान भएको थियो । हाम्रो लागि त्यो एक समाप्ति थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप