शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुम्बई फर्किए नवविवाहित रणबीर–दीपिका, एक झलक हेर्न बिहानैदेखि एयरपोर्टमा भीड (फोटो)

आइतबार, ०२ मङ्सिर २०७५, ११ : ४८
आइतबार, ०२ मङ्सिर २०७५

बलिउडका नवविवाहित जोडी रणबीर सिंह र दीपिका पादुकोण आइतबार बिहान मुम्बई फर्किएका छन् । यी दुई बिहान ८ बजे एयरपोर्ट पुग्ने खबर सार्वजनिक भएपछि बिहान ६ बजेदेखि नै यी दुईलाई हेर्न बिहान ६ बजेदेखि उनीहरुको प्रतिक्षा गरिरहेका थिए ।

एयरपोर्ट भित्र दीपिका साधारण देखिएकी थिइन् तर बाहिर आउनेबित्तिकै उनको लुक परिवर्तन भयो । सिल्क कुर्ता र रातो रङको भारी सल ओढेकी दीपिकाले सिन्दुर र चुरा लगाएकी थिइन् ।

उनीहरुलाई हेर्न एयरपोर्टमा पुगेका प्रशंसकलाई रणबीरले हात हल्लाएर धन्यवाद दिए ।

रणबीर सिंह भने सेतो कुर्ता र गुलाबी रङको ज्याकेटमा देखिएका थिए ।

यी दुईको इटलीको लेक कोमोमा १४–१५ नोभेम्बरमा विवाह भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप