सन्दीप लामिछानेको टी–१० यात्रा
आइतबार, ०२ मङ्सिर २०७५, ११ : १५
काठमाडौं–विश्वका चर्चित क्रिकेट लिग खेल्ने अवसर पाएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यही नोभेम्बर २१ तारिखदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने टी–१० क्रिकेट लिग खेल्ने भएका छन् ।
लिग खेल्न सन्दीप आइतबार यूएई प्रस्थान गर्दैछन् । टी–१० लिगमा सन्दीपले केरला किंग्सबाट खेल्दैछन् ।
किंग्सले पहिलो खेल २१ तारिख शहिद अफ्रिदी आइकन खेलाडी रहेको पख्तुनसँग प्रतिस्पर्धा गर्नेछ । एकमहिना अघि भएको अक्सन (बोलकबोल) मा सन्दीपलाई किंग्सले ३० हजार अमेरिकी डलरमा टोलीमा समावेश गरेको थियो ।
सन्दीपले केरला किंग्समा इङ्ल्यान्डका कप्तान समेत रहेका अवेन मोर्गन (टोली आइकन खेलाडी, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता खेलाडीसँग खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु