शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोबिनै पोर्चुगल सेमिफाइनलमा

आइतबार, ०२ मङ्सिर २०७५, ११ : ०८
आइतबार, ०२ मङ्सिर २०७५

मिलान- पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटानीको मिलानमा शनिबार राती भएको खेलमा पोर्चुगलले इटालीलाई गोल रहित बराबरीमा रोक्दै समूह ए बाट सेमिफाइनलमा स्थान बनाएको हो ।

टोलीका अनुभवी खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा पोर्चुगलले गोल भने गर्न सकेन । रुस विश्वकप यता रोनाल्डोले राष्ट्रिय टोलीमा आराम पाइरहेका छन् । प्रतिस्पर्धातमक बनेको खेलमा घरेलु टोली इटालीको गोल गर्ने प्रयास पनि असफल रह्यो । पोर्चुगल समूह ए को विजेता बनेको छ ।

इटालीले पनि समूह उपविजेताको हैसियतमा अघिल्लो चरणमा स्थान बनाएको छ । यस समूहबाट पोल्यान्ड रेलिगेसनमा परेको छ । यसैगरी समूह बी को अर्को खेलमा स्वीडेनले टर्कीलाई १–० तथा समूह सी को खेलमा स्टकल्यान्डले अल्बानियालाई ४–० गोलले हराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप