चोभारको मकैबारीमा नवजात शिशु फेला
सोमबार, ०९ साउन २०७४, १५ : १९
काठमाडौंस्थित चोभारको मकैबारीमा सोमबार एक नवजात शिशु जीवित अवस्थामा फेला परेको छ । हुप्पील्याण्ड नजिकै रहेको एक मकैबारीमा प्लाष्टिकमा पोको पारेको अवस्थामा नवजात शिशु फेला परेको हो ।
जन्मेको एक दुई दिन भइसकेको जस्तो देखिने बालकलाई चोभारकी स्थानीय ठूलदिदी राईले दिउँसो करिब १ बजेतिर बाटोमा हिँडिरहेका बेला रोइरहेको अवस्थामा फेला पारेकी हुन् ।
महिलाले उक्त नवजात शिशुलाई भेटेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई जानकारी गराएको र पुलिसले नवजात शिशुको स्वास्थ्य परिक्षणका लागि अस्पताल पुर्याएको बताइएको छ ।
तस्बिरः सुरेन्द्र बस्नेतको फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल