शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समूहद्वारा राति १ बजे नगरपालिकाको गाडीमा आगजनी

आइतबार, ०२ मङ्सिर २०७५, १० : १६
आइतबार, ०२ मङ्सिर २०७५

सिंजा– चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् । 

चन्दननाथ नगरपालिकाको प्राङ्गणमा राखिएको क१झ १ नंको गाडी राति एक बजे जलाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । 

राति करीब १ बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सबैलाई जानकारी गराएको बताए । 

घटनापछि टोलमा आफू कराएपछि सबै जम्मा भएर आगो निभाउने प्रयास ग¥यौँ, पछि प्रहरी र सेना आएर आगो निभाएको उनले बताए । 

गाडीको माथिल्लो भाग पुरै जलेको छ । जलेको गाडी रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाए । 

नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ । 

यता जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्युटरसहित इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन् । 

डिजिटल गाउँपालिकाको रुपमा लाखौका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार गाउँपालिका आगजनी गर्ने प्रयास गरिएको तर सफल नभएको जस्तो छ । केही महत्वपूर्ण कागजातहरु समेत जलाएका छन् उनले बताए । 

यसैगरी गाउँपालिकामा जडान गरिएको सिसी क्यामेरा चुडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गुठचौर पुगेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

यता घटनाको विवरणसहित अनुसन्धान शुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप