केन्द्रीय संस्करण

रहेनन् प्राडा कमलप्रकाश मल्ल

person access_timeमंसिर २, २०७५ chat_bubble_outline0

काठमाडौँ–नेपालका प्रखर बौद्धिक व्यक्तित्व प्राध्यापक डा. कमलप्रकाश मल्लको देहान्त भएको छ ।
 
प्राडा मल्लको अमेरिकाको अटलान्टामा गत राती ११ः५० मा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको हो । 

उनी लामो समयदेखि स्नायुसम्बन्धी रोग ‘पार्किन्सन्स’ र विस्मृतिको ‘अल्जाइमर्स’बाट ग्रसित थिए । विसं। १९९३ को लक्ष्मी पूजाको दिन काठमाडौँमा जन्मिएका प्राडा मल्ल त्रिभुवन विश्वविद्यालयक पूर्व शिक्षाध्यक्ष हुन् ।

प्राडा मल्लले भाषाविज्ञान, नेपालभाषासँगै विविध भाषा, नेपाल संवत्, संस्कृति र इतिहासमा वैकल्पिक अध्ययन र गहन लेखनलाई धार दिएका थिए ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ