शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको शिवराजमा अटो र इ-रिक्सा व्यवस्थापनमा समस्या

आइतबार, ०२ मङ्सिर २०७५, ०८ : ३८
आइतबार, ०२ मङ्सिर २०७५

दिपक खड्का 
कपिलवस्तु — शिवराज नगरपालिकामा पछिलो समयमा अटो र ई–रिक्साको चाप बढदै गएको छ ।

अटो र ई–रिक्साको चाप बढ्दै गएपछि नगरमा ट्राफिक समस्या हुनुका साथै आम नागरिकलाई समस्या हुने गरेको गुनासो आउना थालेको छ । 

नगर क्षेत्रमा दुई सयको हाराहारीमा रिक्सा हरु संचालनमा भईरहेको शिवगढी यातायात प्रालि आटो रिक्सा संघका कोषा अध्यक्ष हरि विश्वकार्माले  जानकारी दिए । 

बिना नम्बर प्लेट र  रातो रंगको नम्बर प्लेटको आटो रिक्साले समेत सवारी ओसारने गरेको र रिक्सा दुर्घटना गरि घाइतेलाई छाडेर भागने गरेको घटनाहरु बाररम्बार आइरहेको छ ।

केहि दिन आगाडी शिवराज नगर क्षेत्र अन्र्तगत आजाद पेट्रोल पम्म नजिकै सवारी बोक्ेको लु १ स १४३७ आटोले  दुर्घटना गराई  चालक फरार भएको र एक जना गम्भिर घाइतेको थप उपचार बुढवलमा गराई घर फर्केको चन्द्रौटा ट्राफिक प्रहरी कार्ययायका प्रमुख इन्सपेक्टर रामशरण कुमाले जानकारी दिए । 

शिवराज नगरपालिकाले रिक्सालाई समयमा नियमन नगर्दा लाखौको राज्श्व समेत खाटा भई रहेको र यसलाई कडाही का साथ लागु  गर्न पटक—पटक आटो रिक्सा समितिले अनुरोध गर्दा समेत बेवास्था भएको गुनासो गरेका छन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप