केन्द्रीय संस्करण

भक्तपुरमा बसको ठक्करबाट दुईको मृत्यु

person access_timeमंसिर २, २०७५ chat_bubble_outline0

भक्तपुर — भक्तपुरको मध्यपुर ठिमी—४ स्थित क्षयरोग अस्पताल नजिकै गएराती ११ बजे, बा ५ ख ३७६५ नम्बरको बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बा २ क १६५४ नम्बरको मिनी ट्रकका चालक काभ्रेको बनेपा —४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र परिचालक सोही ठाँउका २८ वर्षीय टार्जन श्रेष्ठ रहेका छन् । 

दुवैजनाको उपचारको क्रममा त्रि.वि. शिक्षण अस्पताल महारजगञ्जमा मृत्यु भएको हो । उक्त मिनी ट्रक अगाडि रहेृको बा २ क ३९३५ नम्बरको ट्रिपरको पछाडि ठोकिन पुगेको थियो ।

ठक्कर दिने बस सहित चालक भक्तपुर प्रहरीको नियन्त्रणमा रहेको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ