केन्द्रीय संस्करण

पर्यटक बोक्ने स्कारपियोमा २८ हजार अवैध डलर, रसुवाबाट दुईजना समातिए

person explore access_timeमंसिर १, २०७५ chat_bubble_outline0

काठमाडौं । पर्यटक ओसार–पसारमा प्रयोग हुँदै आएको स्कारपियोमा अवैध रुपमा अमेरिकी डलर तस्करी गर्ने दुई जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ ।

शनिवार काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बा१य १४४६ नम्बरको स्कारपियोमा सवार दुई जनालाई २८ हजार ६ सय अमेरिकी डलरसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डिएसपी) सन्तोष तामाङले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा चितवन रत्ननगर नपा–७ बस्ने ५४ वर्षीय श्रीराम चौधरी र रौतहट साविक सिमरा भवानीपुर गाविस–३ बस्ने ३२ वर्षीय विकास प्रसाद चौधरी रहेका छन् ।

‘विशेष सूचनाको आधारमा चेकजाँच गर्दा  पक्राउ परेकाहरुको साथबाट २८ हजार ८ सय अमेरिकी डलर बरामद गरिएको छ’ डिएसपी तामाङले भने, ‘अवैध डलर कारोबारीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागी राजश्व विभागमा पठाउँछौं ।’

शनिवार विहान चेकजाँचका क्रममा रसुवा प्रहरीले उनीहरुलाई गोसाईकुण्ड गाउँपालिका–६ त्रिशुली खोलबाट नियन्त्रणमा लिएको बताईएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रसुवामा बसाईसराई गरेको कागजात बनाएका श्रीराम र विकासले ‘चाईना पास’ समेत बनाएको खुल्न आएको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...