बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नायक सरोज खनालको आट्स एकाडेमी शुरु

शनिबार, ०१ मङ्सिर २०७५, २० : २७
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौँ । चलचित्र अभिनेता सरोज खनालको काठमाडौँस्थित दरबारमार्गमा ‘माला आट्स एकाडेमी’को आज शुभारम्भ गरिएको छ । 

चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकाडेमी सञ्चालनमा ल्याएको एकाडेमीको प्रबन्ध निर्देशकसमेत रहेका अभिनेता खनालले बताए ।

आज कलाकारको उपस्थित एक कार्यक्रममा उद्घाटन गरिएको कला एकाडेमीमा औपचारिक कक्षा भने आगामी मङ्सिर महीनाबाट शुरु हुने जनाइएको छ । 

कलाकर्ममा लागेकाले पछिल्लो पुस्तालाई नयाँ बाटो देखाउने अभियान एकाडेमी भएको भन्दै उनले चलचित्र क्षेत्रमा योगदान दिने प्रयास थालेको खनालको भनाइ छ । 

सो क्रममा कवि तथा गीतकार वसन्त चौधरीले कलाकार देश चिनाउने सच्चा राजदूत भएको भन्दै एकाडेमीले कला क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

नाटककार हरिहर शर्माले राष्ट्रको वास्तविक समृद्धि नै सांस्कृतिक समृद्धि भएको उल्लेख गर्दै संस्कृति, कला, भाषा र साहित्यलाई समृद्धि बनाउनुपर्नेमा जोड दिए । 

यसका लागि अध्ययनको खाँचो रहेको र यस्तै प्रतिष्ठानबाट दक्ष कलाकार उत्पादन भएपछि मात्रै कला, साहित्यलाई समृद्ध पार्न सकिने उनले औंल्याए । 

सो क्रममा कलाकार शिव श्रेष्ठ, गौरी मल्ल, सुनील थापालगायतले प्रतिष्पर्धात्मकरुपमा अगाडि बढेको नेपाली चलचित्र क्षेत्रमा दक्षजनशक्ति उत्पादनमा एकाडेमीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

एकाडेमीका अध्यक्ष चन्द्रमाला शर्माले अभिनय कलालाई चुस्त बनाउन एकाडेमीले सहयोग गर्ने बताइन् । यहाँ तीन महिने कक्षा चलाउने र यसको शुल्क रु ६० हजार लाग्ने जनाइएको छ । 

माला कला एकाडेमीलाई प्रोडक्सन हाउसका रुपमा समेत विकास गरिएकाले चलचित्र निर्माणसमेत गर्ने योजनासमेत रहेको खनालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप