इन्द्रावती नदीमा वडाअध्यक्ष श्रेष्ठ मृत अवस्थामा फेला

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष धनबहादुर श्रेष्ठको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ६६ वर्षीय श्रेष्ठको शव सेती दोबानको झोलुङ्गे पुलमूनि इन्द्रावती नदीको बीचमा भेटिएको हो ।
श्रेष्ठको शव प्राथामिक स्वास्थ्य केन्द्र मेलम्ची लगिएको र उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले दिउँसोको ३ बजेतिर इन्द्रावती नदिमा श्रेष्ठको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जुन नदि काभ्रे र सिन्धुको सिमाना भएर बग्छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ