काँग्रेस केन्द्रीय समिति बैठक भोलि २ बजेसम्मको लागि स्थगित
शनिबार, ०१ मङ्सिर २०७५, १९ : ४१
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि २ बजेसमको लागि स्थगित भएको छ । शनिबार दिउँसो २ बजेका लागि आह्वान गरिए पनि बैठक साँझ केही मिनेट बसेर स्थगित भएको हो ।
साँझ केही मिनेट बसेको बैठकले कुनै पनि निर्णय नगरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए । बैठक नेविसंघको १२ औं महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको थियो ।
आज दिनभर नेविसंघको विरोधका कारण बैठक प्रभावित भएको थियो । भोलि बस्ने बैठकले नेविसंघको १२ औं महाधिवेशनबारे र महासमिति बैठक लगायतका विषयमा छलफल गर्ने शर्माले बताए ।