शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एपीएफ टोेलीद्वारा कटुवा पेस्तालसहित एकजना पक्राउ

शनिबार, ०१ मङ्सिर २०७५, १८ : ३३
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ स्थित चारकुने इलाकबाट आज एपीएफ टोलीले एउटा चाईनिज कटुवा पेस्तोल तथा सोको एउटा म्याग्जीनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपोल भिमनगर गाउपंचायत ४ घर बताउने २३ वर्षिय रन्जितकुमार मुखिया छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

बीआर ५० एफ ३२०६ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज मुखियालाई जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल फेल परेपछि पक्राउ गरिएको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको एपीएफ टोलीले मंसिर १ गते सुनसरी जिल्लाको कोशी गाउपालिका ६ स्थित धत्ता टोलबाट एउटा कटुवा पेस्तालसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपोल घर बताउने १८ वर्षीय विवेक यादव र सुमितकुमार गोइत छन् ।

भारतबाट अनटेष्ट लेखिएको मोटरसाकलमा नेपालतर्फ आउँदै गरेका निजहरुलाई जाँच गर्दा उनीहरुको साथमा उक्त कटुवा पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप