बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुटर र मोबाईल चोरी गरी भाग्दै गरेका थापा पक्राउ

शनिबार, ०१ मङ्सिर २०७५, १८ : २०
शनिबार, ०१ मङ्सिर २०७५

भक्तपुर । मोटर ड्राईभिङ सेन्टरबाट स्कुटर र मोबाईल चोरी गरेर भाग्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार दिउँसो रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका –५ नामाडी घर भएका विदुर खड्काले भक्तपुर नगरपालिका –१ सल्लाघरीमा सञ्चालन गरेको राम भोले मोटर ड्राईभिङ सेन्टरबाट स्कुटर र मोवाईल चोरी भयो ।

खड्काको ड्राईभिङ सेन्टरबाट बा५३प ६५७६ नं.को स्कुटर र मोबाईल थान २ चोरी भएको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा चोरी गरी भाग्दै गरेको अवस्थामा चोरी भएको स्कुटर र मोबाईलसहित एक युवा प्रहरीको फन्दामा परे । 

चोरी गरेर भाग्नेक्रममा सिन्धुली घर भई हाल भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी बस्ने रविन थापालाई मध्यपुरथिमि नगरपालिका –४ एसएस चोकबाट प्रहरीले पक्राउ हो । 

थापालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखि थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक रेवती रमण पोखरेलले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप