मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेललाई कुर्दै शेरबहादुर देउवा

शनिबार, ०१ मङ्सिर २०७५, १८ : ०९
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार दिउँसो २ बजेका लागि आह्वान गरिए पनि बैठक अझैं सुरु हुन सकेको छैन् । 

नेविसंघको १२ औं महाधिवेशनका विषयमा छलफल गर्न आयोजना गरिएको बैठक सुरु हुन नसक्नुको कारण के हो त ?  

२ बजेका लागि आह्वान गरिएको बैठकको लागि कांग्रेस सभापति शेरबहादुर देउवा कार्यालयमा प्रदेश गर्दा हातै हालाहालको स्थिति सिर्जना भयो । 

सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको गुट फरक–फरक भेलामा छ । आ–आफ्नो तरिकाले महाधिवेशनका विषयमा छलफल गरिरहेका छन् । 

सभापति देउवा भने केन्द्रीय समितिको बैठकको लागि आफ्नो कार्यकक्षमा रामचन्द्र पौडेललाई कुरेर बसेका छन् । पौडेल भने बाहिर आफ्नै तरिकाले छलफल गरिरहेका छन् । 

देउवा र सिटौला एकमत
देउवा र सिटौला गुट महाधिवेशनका विषयमा एकमत देखिएका छन् । महर नेतृत्वको कार्यसमितिलाई महाधिवेशन संयोजकको रुपमा रुपान्तरण गर्नुपर्ने देउवा र सिटौला पक्षले माग राखेको छ । 

पौडेल पक्षको माग
पौडेल पक्षले हालका नेविसंघ अध्यक्ष नैनसिंह महरको कार्यसमितिलाई विघटन गरेर तदर्थ समिति गठन गर्नुपर्ने माग राखेको छ । तदर्थ समितिको नेतृत्व आफ्नो पक्षका विद्यार्थी नेताले पाउनुपर्नेछ ।

नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशनमार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग शनिबार नेविसंघका नेता कार्यकर्ताले  कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप