बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ

शनिबार, ०१ मङ्सिर २०७५, १७ : २८
शनिबार, ०१ मङ्सिर २०७५

कास्की । हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा दुई वजना पक्राउ परेका छन् । 

कास्की पोखरा महानगरपालिका(८ स्थित लुम्बिनी मनिट्रान्सफरका सञ्चालक सोही महानगरपालिका(५ मालेपाटन बस्ने ५३ वर्षीय नेत्रलाल ज्ञवाली र मनिट्रान्सफरका कर्मचारी सोही महानगरपालिका(२ बिन्दवासिनी बस्ने ३० वर्षीय प्रकाश थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

उक्त मनिट्रान्सफरमा अवैध तरीकाले हुन्डी कारोबार भएको भन्ने सूचना आएपश्चात ४ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूह पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न ब्यक्तिको नाममा हङकङबाट अबैध रुपमा आएको रकम १ लाख ५० हजार रुपैयाँ सहित कारोबारमा संलग्न दुवैजनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप