शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महाराजगञ्ज वृतका प्रहरी–कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर

शनिबार, ०१ मङ्सिर २०७५, १६ : ४८
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं । महानगरीय प्रहरी वृत, महाराजगञ्जमा कार्यरत प्रहरी कर्मचारी र तिनका परिवारका लागि चिरायु अस्पतालले वृत प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शनिवार वृत महाराजगञ्जमा आयोजित शिविरमा प्रहरी कर्मचारी र तिनका परिवार समेत गरी कुल ३५० जनाले स्वास्थ जाँच गराएको महाराजगञ्ज वृतका प्रमुख (डिएसपी) फणिन्द्र प्रसाईले जानकारी दिएका छन् ।

बसुन्धारामा रहेको चिरायु अस्पताल र महाराजगञ्ज प्रहरीको बीचमा हरेक ६ महिनामा निःशुल्क स्वास्थ्य परिक्षण गर्ने सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।

‘हरेक ६ महिनामा प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य जाँच गर्ने हामीबिच सहमति भएको छ,’ चिरायु अस्पतालका अपरेशन निर्देशक चण्डेश्वर वैद्यले भने, ‘भनेको बेलामा बिदा लिन समेत नपाउने प्रहरी कर्मचारीहरु स्वास्थ्य शिविरबाट लाभान्वित हुने अपेक्षा हामीले गरेका छौं ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी दिवसको अवसरमा यस्तो शिविर सञ्चालन गरेको डिएसपी प्रसाईंले बताए । उनले भने, ‘कार्यालयमै निःशुल्क शिविर सञ्चालन भएपछि मातहतका प्रहरी कर्मचारीले आलोपालो ड्युटी गरेर पनि आफ्नो स्वास्थ जाँच गराएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप