बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा २६ वर्षीया युवती बलात्कृत

शनिबार, ०१ मङ्सिर २०७५, १४ : ३३
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं– बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ मा २६ वर्षीया युवती बलात्कृत भएकी छिन् । प्रहरीले बलात्कार अभियोगमा स्थानीय राजकुमार थारुलाई नियन्त्रणमा लिएको छ । 

शुक्रवार राती स्थानीय राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका राजकुमार थारुले २६ वर्षीया युवतीलाई कोहलपुर नगरपालिका–११ स्थित आफ्नै घरमा लगेर जबर्जस्ती करणी गरेको बताइएको छ । 

घरमा बन्धक बनाएर रातभर बलात्कार गरेपछि शुक्रवार बिहान ना. ७ ख. ७९२० नम्बरको ट्रिपरमा राखेर थारुले युवतीलाई उनको घरमा पठाएका थिए ।

‘पीडितको उजुरीका आधारमा बलात्कारमा संलग्न राजकुमार थारुलाई नियन्त्रणमा लिएका छौं’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंहले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

बलात्कार भएको सूचना पाउनासाथ प्रहरी परिचालन गरेर करिब एक घण्टामा नै अभियुक्तलाई पक्राउ गरिएको डिएसपी सिंहले बताए ।

युवतीलाई ट्रिपर चढाएर पठाएपछि अभियुक्त भागेका थिए । कोहलपुर नगरपालिका–१० बाट पक्राउ परेका राजकुमार थारुमाथि अनुसन्धान भइरहेको बताईएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप