केन्द्रीय संस्करण
विचार

...त्यसपछि नाति हाँस्दै हाँसेनन्

person explore access_timeमंसिर १, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

 १) एउटा उदाहरणबाट कुरा सुरु गरौं । शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै जनदमनका क्षेत्रमा ख्याति कमाएका व्यक्ति हुन् । 

०४७ को दशकमा प्रम हुँदा सांसद किनबेचमा पनि उनले ख्याति कमाएका हुन् । तत्कालीन संसदीय लोकतन्त्र किस्तीमा राखेर राजा ज्ञानेन्द्रलाई टक्र्याएको इतिहाससँग पनि उनी गाँसिएकै छन् । 

जनहित विरुद्ध उभिने बानी नै परेका शेरबहादुरले पछिल्लोपटक प्रम हुँदा निकट निवर्तमान कालमा समेत आफ्नो प्रवृत्तिगत विशेषतालाई कायम राख्दै यस क्षेत्रका जनतालाई र नवागत सरकारलाई असजिलो पार्ने कौशलका रुपमा ३ नं प्रदेशको राजधानी हेटौँडा तोकेको यथार्थ मानिसले भन्नुपर्दैन, क्षेत्रको भूगोलले नै भन्छ । 

रसुवाका जनताका लागि हेटौंडा पाययकै नपर्ने छेउ हो । हेटौंडा प्रदेश न. ३ को छेउ नै पर्छ । राजधानी त सकैको पायक पर्ने मध्यस्थलमा हुनु पर्ने हो ।

आम जनताको आवश्यकता र आकाङ्ंक्षालाई सरक्क पन्छाएर  केवल आफ्नो अनुकूल र आफ्नै बासस्थलको शहर समेत भएका आधारमा नेकपाका वरिष्ठ कमरेड समेत रहेका मुख्यमन्त्रीले हेटौंडालाई नै प्रदेश राजधानी कायम गर्न लागिपर्नु हामी तटस्थ दर्शकका लागि पनि उदेक लाग्दो राजनीतिक संस्कृति र मानसिकताको द्योतक हो । यो आजका ‘समाजवादी’ कमरेडहरुको राजनीतिक संस्कृति र मनोविज्ञानको प्रकट दृष्टान्त पनि हो ।

राजनीतिमा भुइँबाटै उठेका मुख्यमन्त्रीज्युलाई भुइँफुट्टा व्यक्तित्व भन्न मिल्दैन । नेकपाका कमरेडहरुमा आएको सांस्कृतिक विचलन भन्न भने वस्तुगत यथार्थले छेक्दैन । सामन्त भनिएका पृथ्वीनारायण शाहले जनताको अनुकूलता हेरेर गोर्खामा रहेको आफ्नो राजधानी काठमाडौमा सारेका थिए भने समाजवादी भनिएका दलका वरिष्ठ कमरेडले आफ््ना स्वार्थ पन्छाएर प्रदेशभरिका जनताको पायक पर्ने ठाउँमा प्रादेशिक राजधानी राखौं भन्न सकेनन् । 

सुन्दर मनोहर राजनीतिक नामधारण गरेका भद्रजनहरुलाई दुर्जन भन्न त शिष्टताको नियमले पनि मिल्दैन । हिजो ज्वलन्त रहँदा यिनको तापले मित्रहरुलाई कति पोल्यो अभिलेख कति अद्यावधिक छ, कति छैन । 

आजका सत्तासीन संस्कृतिको यो एउटा सामान्य उदाहरण मात्र हो । कुरा यहाँ अब एक जना कमरेडको मात्र रहेन ।    

यी आगोका पूmलहरु हुन्, यी आगोका पूmलहरु होइनन् ।  नेपालका  आजका संसदीय कमरेडहरुका विषयमा मनन गर्दा म प्रायः विश्ववल्लभका यिनै हरफहरु सम्झन्छु । र वल्लभकै शब्दहरु सापट लिएर भन्न मन लाग्छ ‘हिजो यी आगोका पूmलहरु थिए । आज यी आगोका पूmलहरु रहेनन् ।’ 

आगो आगो नरहेपछि के हुन्छ ? आगो आगो नरहेपछि अङ्गार बन्छ । दुर्जनका विषयमा विमर्श गर्दा हाम्रा पुर्खाहरु भन्थे ‘दुर्जनेन समं सख्यं बैरं चापि नकारयेत् । उष्णो दहति चाङ्गारः शीतः कृष्णायते करम् । अर्थात् दुर्जन आगोजस्तै हो । आगो भर्भराउँदो तातो रहँदा पोल्छ , निभेर चिसो बनेपछि कालो लाग्छ । यसैभएर दुर्जनसँग मित्रता पनि नगर, शत्रुता पनि नगर ।’ 

सुन्दर मनोहर राजनीतिक नामधारण गरेका भद्रजनहरुलाई दुर्जन भन्न त शिष्टताको नियमले पनि मिल्दैन । हिजो ज्वलन्त रहँदा यिनको तापले मित्रहरुलाई कति पोल्यो अभिलेख कति अद्यावधिक छ, कति छैन । 
आज निभेर अङ्गारमा रुपान्तरण भएपछि कति मित्रहरुले जनवादी सपनाका सुन्दर काव्यपृष्ठहरुमा कालो पोतिएको स्थितिको अनुभूति गरेका छन् त्यो अभिलिखित हुन पनि सक्छ ।

तथ्यका आधारमा सत्यमा उभिएर भन्ने नै हो भने नेपालको राजनीतिमा ‘समाजवाद’ शब्दको अहिले ‘अर्थापकर्ष’ भएको छ । ‘को को न आयो भनेर हेर्न गएको त त्यही ठूटे लाहुरे !’ भनेजस्तो भएको छ । 

शासकहरु हुने खाने वर्गमा रुपान्तरित हुने र तीनले आफ्नै हितलाई अगाडि राख्ने संस्कृति समाजवादी संस्कृति हुन सक्दैन । 

यसैले नेपाली जनता आज समाजवाद शब्द सुन्दा ओठ लेप्राउन थालेका छन् । बोट हरियै छ फूल सेतै छ भनेर तर्क गर्दैमा हुँदैन । 

टक्करका बोटमा इन्द्रकमल फुल्दैन । अद्यावधि फुलेको छैन । जनता माली हुन् । झुक्किँदैनन् । सत्तामा रहेकाहरुले जनताका अगाडि साविती बयान दिनु जाती हुन्छ । यसो गर्दा ‘खै इमान ?’ भनेर प्रश्न गर्नु पर्ने अमीलो अवस्था रहँदैन । 

संसदीय राजनीतिमा समाजवादी संस्कृति र जनवादी रुपान्तरणका कुरा त निरर्थक सपना मात्र हुन् । जनतालाई रहर त साँच्चिकै समाजवादको छ ।

त्यसका लागि बाँकी राजनीतिक क्रान्तिका साथै सार्थक सांस्कृतिक क्रान्तिको पनि रहर छ । रहर भएपछि प्रहर पनि बदलिन्छ भन्छन् । यी शब्दहरु सुन्दा आज अट्टहास हाँस्नेहरु भेटिन सक्छन् । संसदीय राजनीतक व्यवस्थामा यस्तो हाँसो स्वाभाविकै पनि हो ।

यसै त संसदीय व्यवस्था चानचुने व्यवस्था होइन । यसमा गणतन्त्र नै थपिदिँदा पनि व्यवहार तथा संस्कृतिमा राजतन्त्रलाई यथेष्ट कायम राख्न सकिन्छ । 

आफ्ना अगाडि उभिएकालाई झुकाउने, थर्काउने, आदेश दिने जस्ता सोच समझ र व्यवहार कायम राख्न सकिन्छ ।

लगातार वा पटक पटक सिंहासनारुढ हुन चाहने र भ्याएपाएसम्मको वरिपरिको भूक्षेत्र आफ्नै पर्खालभित्र पार्ने महत्वाकांक्षा राख्न पनि सकिन्छ ।

विलास वैभवबीच सम्मानै सम्मानका अवस्थाका पदीय निरन्तरताको चाहना राख्न पनि सकिन्छ । राजतन्त्र मनोसांंस्कृतिक कुरा पनि हो । सिंहासनमा चढेपछि जमिनमा ओर्लन कसैलाई मन लाग्दैन । समान तहमा जनतासँग नारिएर हिँड्न कसैलाई मन लाग्दैन । जसरी सिङ् बाहिर निस्किसकेपछि भित्र पस्न मान्दैन । सिङ् न हो । सिङौरी खेल्नुमै आफ्नो सार्थकता ठान्छ ।

२) हालैको कुरा हो । गाउँमा एकजना हजुरबाबा आफ्ना युवा नातिसँग भन्दै हुनुहुन्थ्यो लेख्न सक्नुहुन्छ भने राष्ट्रपतिलाई चिठी लेख्नोस् । ‘मुलुक घाटामा छ । जनता गरीब छन् । तपाइँ ठान मान शान प्रदर्शन र विदेशभ्रमणका महत्वाकांक्षाहरुमा अंङ्कुश लगाउनुहोस् । 

प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि यही सल्लाह दिनुहोस् । जुन देशमा जनतालाई गरीवबको प्रमाणपत्र बाँडिएको छ त्यस देशका सत्तासीनहरुले विलास वैभवको शान देखाउँदै देशविदेशभ्रमण गर्नु  शोभनीय हुँदैन । 

आफ्नै ठाउँमा रहेर जनताको सेवा गर्नुहोस् । हाम्रा पुर्खाहरु लज्जालाई कुलीनताको पहिचान ठान्थे । सभ्यता, शिष्टता र विवेकशीलताको पहिचान ठान्थे । सुसंस्कृत व्यक्तित्वको पहिचान ठान्थे । सत्तासीनहरुमा लज्जाको बीउ जोगाऊँ । यसको लागि पहल गरिदिनुहुन सम्माननीय राष्ट्रपतिलाई चिठी लेख्नोस् । देशको अवस्थाबोध र जनताको सम्मान गर्ने संस्कृतिको आरम्भ राष्ट्रपतिबाट हुन सक्यो भने यसको ऐतिहासिक महत्व र मूल्य हुन सक्छ ।’

हजुरबाका कुरा सुनेर नाति हाँसे ।  अभैm मुलुकमा केही त राम्रो काम हुन सक्छ भन्ने आस्था बुढा हजुरबामा जति पनि युवा नातिमा देखिएन । हजुरबाभन्दा नाति बुढा भइसकेका रहेछन् । 

नाति हाँसेको देखेर हजुरबा हल्का उत्तेजित हुनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो समयमा राणाहरु पनि प्रजातन्त्रका नाममा उर्दी जाहेर गर्थे ।  उर्दी जाहेर गर्नु ठूलो कुरा होइन । धेरथोर राम्रा काम त राणाहरुले पनि गरेका थिए । जङ्गबहादुरले सुगौलीसन्धिमा गुमेको भूखण्ड थोरै नै भए पनि फिर्ता गराएका थिए । सीमामा स्तम्भहरु ठड्याएका थिए । मुलुकी ऐन बनाएर लागुू गराएका थिए  । चन्द्रशमशेरले कमाराकमारी प्रथा बन्द गराएका थिए । प्रधानमन्त्री निवासका रुपमा एक पटक एउटा सिंहदरबार बनाएका थिए । अब कुनै प्रधानमन्त्रीले अर्को सिंहदरबार बनाउनु पर्दैन भनेका थिए । 

‘राम्रा दिन ल्याउन नेपालमा मान्छे पहिले पनि लागेका थिए कतिपय अहिले पनि लागेका छन् । प्राप्ति पहिले पनि पर्याप्त भएको थिएन अहिले पनि भएको छैन । पहिलेको र अहिलेको अवस्था फरक छ । मुलुकमा राम्रा दिन ल्याउन अहिलेकाले बढी नै काम गर्नुपर्ने आवश्यकता देखिएको छ । आवश्यकता अनुसार काम भएको छैन ।’

अहिले प्रत्येक मन्त्री प्रधानमन्त्री छृट्टाछुट्टै सिंहदरबार बनाइ रहेका छन् । राणाहरुले बनाउन खोजेका भए यहाँ कति सिंहदरबार बन्थे । मन्त्री प्रधानमन्त्री भएर काम गर्दा आफ्नै घर बनाउन मरिहत्ते गर्ने स्वार्थ त्याग्नुपर्छ भन्ने सल्लाह दिएका थिए चन्द्रशमशेरले । 

जहाँसम्म राज्य दोहनको कुरा छ, जनश्रम शोषणको कुरा छ अहिलेकाले पनि छाडेका छैनन् । पदमा रहँदा तलव भत्ता बटुल्नमा विशेष दत्तचित्त रहनु त छँदैछ । पदबाट बाहिरिइसकेपछि पनि राज्याश्रित भइरहन रुचाउने ठूलाबडाहरु देखिएका छन् । सिप र अवसर हुँदा पनि आपैm काम गरेर खाउँ भन्ने प्रवृत्ति छैन ।’

‘राम्रा दिन ल्याउन नेपालमा मान्छे पहिले पनि लागेका थिए कतिपय अहिले पनि लागेका छन् । प्राप्ति पहिले पनि पर्याप्त भएको थिएन अहिले पनि भएको छैन । पहिलेको र अहिलेको अवस्था फरक छ । मुलुकमा राम्रा दिन ल्याउन अहिलेकाले बढी नै काम गर्नुपर्ने आवश्यकता देखिएको छ । आवश्यकता अनुसार काम भएको छैन ।’

‘नेपाली कांग्रेसले परम्परागत शासकीय संस्कृति हूवहू अँगाल्यो । जनसम्मान र श्रमसम्मानको संस्कृति अपनाउन सकेन । राणाहरु प्रजा भन्थे । पछिल्ला शाह शासकहरु जनतालाई सम्बोधन गर्दा प्यारा देशवासीहरु भन्थे । ०४५/०४६ पछि एकथरी नेता कमरेडहरुले जनसभामा सम्बोधन गर्दा आदरणीय जनसमुदायहरु भन्ने चलन ल्याए । अरुलाई जन वा जनसमुदाय सम्बोधन गर्ने यी कमरेड नेताहरु आफु के हुन् ? शासक वा स्वामी के हुन् ? हेक्का राखेको देखिएन । जनता वा जनताकै छोराछोरी हुँदाहुन् त सम्बोधन गर्दा आदरणीय बा आमा दिदी बहिनी दाज्यु भाइहरु भन्दा हुन् । त्यसो भन्दैनन् । जनसमुदाय भनेर वक्ताले आफूलाई आम जनताका वृत्तबाट छुट्याएपछि आदरणीय शब्द प्रयोग गरे पनि त्यसको औचित्य बाँकी रहेन ।’

‘अहिले नयाँ संविधानमा जनतालाई सार्वभौम भनिएको छ । समानताको कुरा पनि छ संविधानमा । व्यवहारमा कानुन वा निर्देशिका बनाएर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद आदिको मर्यादाक्रम निर्धारण गरिएको छ । जनता त्यहाँ छैन । जनताको मर्यादा खै ? यहाँ कोही सम्मानीय कोही माननीय हुँदा जनताचाहिँ सधैँ अपमाननीय ? मर्यादा नदिनु पनि अपमान गर्नु नै हो । 
कसैका नामका अगाडि विशेषण कसैका नामका अगाडि रित्तो । यो विभेद होइन ? संविधान अनुसार विभेद वान्छनीय छैन । तँ, तिमी तपाइँ, हजुर सामन्तकालीन विभेदका सम्वोधनहरु हुन् । आज पनि मातहतकालाई तँ, तिमी भन्ने हाकिमहरु छन् । 

बालबालिकालाई तपाईँ भन्न नसक्ने शिक्षिक शिक्षिकाहरु छन् । अभिभावकहरु छन् । बालबालिकासम्बन्धी महासन्धिमा हस्ताक्षर त गर्छन्, अनुमत प्रावधानहरुलाई व्यवहारमा उतार्दैनन् । 

गणतन्त्र, लोकतन्त्र, समाजवाद, कुरामा आएर भएन व्यवहारमा आउनु प¥यो । शिक्षा, स्वास्थ्य, जीविका हरेक क्षेत्रमा जनताले अनुभूत गर्न पाउनुप¥यो गणतन्त्र, लोकतन्त्र, समाजवाद । 

सक्नुहुन्छ नाति जी ? यी सबै कुरा खुलाएर राष्ट्रपतिलाई चिठी लेख्न सक्नुहुन्छ ? लेख्नुस् । 

तपाईँ आजको राजनीति गर्ने मान्छे ! आजको राजनीतिमा प्रश्न उठाउन सुरु गर्नुहोस् !’ हजुरबाले नातितिर हेरेर आफ्नो धारा प्रवाहमा क्षणिक विश्राम दिनुभयो । म सुनिरहेँ । 

 यस पटक नाति हाँसेनन् ।

  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...