मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर दिवस : सूर्य नेपालले तिर्यो यस वर्षको सर्वाधिक आयकर

शनिबार, ०१ मङ्सिर २०७५, १३ : ३६
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं–सूर्य नेपाल प्रालिले यस बर्षको सबैभन्दा बढी आयकर तिरेको छ ।

आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सूर्य नेपाल प्रा लि लाई सबै भन्दा बढी कर तिर्ने कम्पनी घोषणा गरेको हो । 

कार्यक्रममा आर्थिक बर्ष २०७४÷७५ मा मुलुकभरबाट कर तिर्ने कम्पनीहरु मध्येमा सबै भन्दा बढी आय कर तिरेको कम्पनी सूर्य नेपालका उपाध्यक्ष रवि केसीलाई सम्मानित गरियो ।

 सूर्य नेपालले २०७२ ÷७३ मा पनि सबै भन्दा बढी आयकर तिरेको थियो । सूर्य नेपालले आर्थिक बर्ष २०७२ ÷७३ मा आयकर, मुल्य अभिवृद्धि कर र अन्तशुल्क कर गरी ११ अरब २५ करोड ८९ लाख रुपैया कर बुझाएको थियो ।

त्यसैगरी व्यक्तिगत तर्फ सबै भन्दा धेरै आयकर तिर्नेमा उद्योगी सिद्धार्थ राणा भएका छन् । उनलाई पनि कार्यक्रममा सम्मान गरियो । विभागले क्षेत्रगत रुपमा सबै भन्दा बढी आय कर तिर्ने अन्यलाई पनि सम्मान गरेको छ ।
 निर्यात उद्योग तर्फ सबै भन्दा धेरै कर तिर्ने डाबर नेपाल, उद्योग तर्फ हिमाल पावर कम्पनी ,कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त,बैक तथा वित्तिय संस्थातर्फ नबिल बैक,बिमा व्यवसाय तर्फ नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षा तर्फ नोबेल मेडिकल कलेज,सूचना प्रविधि तर्फ एफ वान सफ्ट इन्टरनेशनल,पर्यटन तर्फ तारागाँउ रिजेन्सी होटल, व्यापारमा सिप्रदी टे«ेडिङ सम्मानित भएका छन् ।

त्यसैगरी ४० करोड रुपैयासम्म व्यवसाय गर्नेबाट सबै भन्दा बढी आय कर तिर्ने नेपाल इन्भेष्टमेन्ट लिमिटेड र ४० देखि ८० करोड रुपैया कारोबार गर्ने मध्येबाट नेपाल धितोपत्र बिनिमय बजार सम्मानित भएका छन् ।

त्यसैगरी पछिल्लो १० बर्षमा मूल्य अभिवृद्धिकर विवरण समायमा पेश गरि कर चुक्ता गर्ने कम्पनी मध्येबाट घोराही सिमेण्ट सम्मानित भएको छ ।

आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १५ संस्थालाई तथा व्यक्तिलाई कर दिवसको अवसरमा सम्मान गरेको हो ।

 कर तिर्नुपर्छ भन्ने जनचेतना फैलाउने उद्देश्य साथ हरेक बर्ष कर दिवसका दिन विभिन्न क्षेत्रबाट सबै भन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ । सम्मानित सबैलाई अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप