बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मृतक युवकलाई धनगढीको सडकमा घिसार्दै गरेको अवस्थामा प्रहरीले भेटेपछि....

शनिबार, ०१ मङ्सिर २०७५, १२ : ३३
शनिबार, ०१ मङ्सिर २०७५

टंक कुवर
 

धनगढी–धनगढीमा मृतक एक युवकलाई घिसार्दै लग्दै  गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

 शुक्रबार राती धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडिको सडकमा मृतक युवकलाई घिसार्दै लगेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

वडा नम्वर ४ कै २५ वर्षीय विजय थापालाई मृत अवस्थामा घिसार्दै लग्दै गरेको बेला सोही ठाउँका आशिष सेठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताए ।

मृतक थापा रक्ताम्य अवस्थामा थिए । उनको कसरी मृत्यु भएको हो भन्ने बारे खुल्ने क्रममा रहेको प्रहरीले जनाएको छ । 

 मृतकको शब पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको र सेठीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता ओलीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप