५ नम्बर प्रदेशका मुख्य तीन शहरमा हर्न निषेध अभियान
बुटवल– प्रहरीले ५ नम्बर प्रदेशका मुख्य तीन शहरलाई हर्न निषेध बनाउने भएको छ ।
५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा आजदेखि हर्न निषेध गरिएको छ । बुटबलपछि नेपालगञ्ज र दाङको तुल्सीपुरमा हर्न निषेध गर्ने तयारी प्रहरीको छ ।
ट्राफिक प्रहरीले आजदेखि स्थानीय तहसगँ मिलेर ध्वनि प्रदूषणमुक्त बनाउने अभियान शुरु गरेको प्रदेश ५ का प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले बताए ।
अस्थायी राजधानीसँगै सवारीको चापले व्यापक ध्वनि प्रदूषण भएको बुटवलमा आज बिषेश र्याली सहित अभियानको शुरु गरिएको थियो ।
आजै पाँच नम्बर प्रदेशका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर खत्रीले बुटवलका चार स्थानमा हर्न निषेध बोर्डको उद्घाटन गरेका छन् ।
बुटवल वेसक्याम्प, राजमार्ग चौराहा, पक्की पुल र गोलपार्क गरि चार स्थानमा बोर्ड उद्घाटन गर्दै उनले ध्वानी प्रदुषण न्युनिकरणका लागि यो अभियान थालेको बताए ।
पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले स्थानीय सरकारसँग समन्वय गरि अभियानलाई तीव्रता दिने बताए ।
पछिल्लो समय सवारी साधन चापसँगै ध्वनी प्रदुषण बढेको स्थानीयबाट गुनासो आएपछि ट्राफिक प्रहरीले यो अभियान सकारात्म भएको बुटवल उपहानगरपालिका मेयर शिवराज सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’