शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेक्सिकोविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–० ले विजयी

शनिबार, ०१ मङ्सिर २०७५, ११ : ०६
शनिबार, ०१ मङ्सिर २०७५

एजेन्सी–मेक्सिकोविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले पराजित गरेको छ । 

शुक्रबार राती भएको खेलमा अर्जेन्टिनाले सुरुवातमा मेक्सिकोको दवाव झेलेको थियो ।

 स्ट्राइकर लियोनल मेसी लगायत टोलीका प्र्रभावशाली खेलाडी विना मैदानमा उत्रिएको अर्जेन्टिनाले ४५औं मिनेटा पहिलो गोल गरेको थियो ।

 अर्जेन्टिनाका रामिरो फुनेस मोरीले हेड गोल गर्दै घरेलु समर्थकको उत्साह बढाएका थिए । मोरीले पाउलो डिबालाको क्रसमा उत्कृष्ट हेड गरेका थिए । ८३औं मिनेटमा मेक्सिकोका रक्षक ब्रिजुएलाले बल बचाउने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाको अग्रता दोब्बर बनेको थियो ।

पहिलो हाफको सुरुवाता आक्रामक देखिएको मेक्सिकोले केही राम्रा अवसर गुमाएको थियो । 

खेल सुरुभएको दोस्रो मिनेटमै मार्को फाबियनको पासमा राउल जिमिनेजको हेडर प्रहार क्रसबारमा लागेर फर्किएको थियो । 

दोस्रो हाफमा पनि राम्रो खेल खेलेको मेक्सिकोको गोल फर्काउने प्रयास सफल बन्न सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप