शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डीपीएललाई रुस्लानको एक करोड १० लाख प्रयोजन

शनिबार, ०१ मङ्सिर २०७५, ११ : ०२
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौं –धनगढीमा आगामी माघ १९ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने तेस्रो धनगढी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताका लागि विजय डिस्टीलरीको रुस्लानले एक करोड १० लाख रुपैयाँ प्रायोजन गरेको छ । 

काठमाडौंमा सुक्रबार आयोजित कार्यक्रमबीच डिस्टीलरीका चिफ फाइनान्स अफिसर सतिश कर्ण र धनगडी क्रिकेट एकेडेमीमा अध्यक्ष सुवास शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
 पाँच करोड लगानीमा सञ्चालन गरिने डीपीएलमा ६ वटा शहरका फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

सहभागि टोलीमा चौराहा धनगढी, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले छन् । प्रतियोगिताका सबै खेलहरु फाप्ला क्रिकेट मैदानमा हुनेछ । 

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रत्येक टोलीमा धनगढीको ट्यालेन्ट हन्टबाट आएका दुई र थप दुई बिदेशी खेलाडी राखिनु पर्ने प्रावधान अनिवार्य गरिएको छ । 

डीपीएलका लागि अघिल्लो संस्करणमा रुस्लानले ७० लाख रुपैयाँ प्रायोजन गरेको थियो । रुस्लानले खेलकुदका प्रायोजन गरेको यो सर्वाधिक रकम भएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप