शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुटेर ३२ वर्षीय थापाको हत्या

शनिबार, ०१ मङ्सिर २०७५, १० : ४६
शनिबार, ०१ मङ्सिर २०७५

धनगढी– धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति अन्दाजी ३२ वर्षीय विजय थापाको हत्या गरिएको छ । 

उक्त टोलको कलश होटल पछाडि स्थानीय २७ वर्षीय आसिस सेठीसँग भएको कुटपिटबाट थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख वकिलबहादुर सिंहले बताए । 

कुटपिटपछि घाइते थापालाई सेती अञ्चल अस्पताल पु¥याइएकामा अस्पतालाले मृत घोषणा गरेको थियो । टाउकोमा चोट लागेको र नाक मुखबाट रगत बगेको अवस्थामा थापालाई प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको थियो । 

राति पौने ९ बजेको समयमा होटलमा असमान्य आवाज सुनिएपछि घर बाहिर निस्केका दीपेन्द्र चौधरीले सोही टोलमा गस्तीमा रहेको वडा प्रहरीको टोलीलाई खबर गरेका थिए । दीपेन्द्र सञ्चालित होटलको घरधनीका छोरा हुन् ।
 
“घटनालगत्तै होटल परिसरमै थापालाई घिसार्दै गरेको अवस्थामा आसिस सेठीलाई पनि नियन्त्रणमा लिन हामी सफल भयौँ”, वडा प्रहरी प्रमुख सिंहले भने ।
 
घटनास्थलबाट प्रहरीले मृतकको स्कुटर र सेठीको मोटरसाइकल बरामद गरेको छ । 

पक्राउ परेका सेठी लागुऔषध मुद्दाका फरार प्रतिवादी रहेको बताइएको छ । 

मृतक थापाको गतिविधि पनि शङ्कास्पद रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप