बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

शनिबार, ०१ मङ्सिर २०७५, १० : ३७
शनिबार, ०१ मङ्सिर २०७५

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । 

गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । 

आजदेखि शुरु हुने दोस्रो चरणका पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा अहिले शुरु हुँदैछ । 

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेल सोही मैदानमा दिउँसो २ः३० बजे शुरु हुनेछ । 

पहिलो चरणको खेलमा मनाङले ब्रिगेडब्वाइजलाई ३–१ ले पराजित गरेको थियो । 

एनआरटीले आर्मीसँग २–२ गोलको बराबरी खेलको थियो । च्यासलले भने मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

राष्ट्रिय टोलीका खेलाडीको भरिएको मनाङको कप्तानी विराज महर्जनले गर्नेछन् । अग्रपंक्तिका ओलावले आफिजको प्रर्दशनले नतिजाले फेरबदल ल्याउन सक्नेछ । 

यता न्यूरोड टोली पनि मनाङलाई समस्यामा पार्ने दाउमा छ । उपाधि दाबेदार आर्मीलाई पहिलो खेलमा बराबरीमा रोकेको एनआरटीलाई उमेर समूहका खेलाडीको राम्रो साथ छ ।

 ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लो पटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप