बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेमारको पेनाल्टीमा ब्राजिलको सनसनीपूर्ण जित

शनिबार, ०१ मङ्सिर २०७५, ०९ : ५१
शनिबार, ०१ मङ्सिर २०७५

एजेन्सी /लन्डन– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्तमा ब्राजिलले उरुग्वेमाथि सनसनीपूर्ण जित हात पारेको छ । लन्डन स्थित इमिरेट्स मैदानमा सुक्रबार राती भएको खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिस्पर्थी उरुग्वेलाई १–० गोलले हरायो ।

दुवै टोलीले सुरुवात देखिनै रोजाईका खेलाडीलाई मैदानमा उतारेका थिए । दुवैपक्षका खेलाडीले मैदानमा एक अर्कोलाई ट्याकल गरेपछि खेल तनावपूर्ण बनेको थियो । रेफ्रीले आठवटा पहेंलो कार्ड खर्चिएको खेलमा ब्राजीलले पेनाल्टी मार्फत बाजी मारेको थियो । ७५औं मिनेटमा ब्राजिलका डानिलोलाई उरुग्वेका डियागो लक्जाल्टले डिबक्स भित्र फल हानेपछि ब्राजीलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई नेमारले सही सदुपयोग गरे । 

नेमारको राष्ट्रिय टोलीका लागि यो ६०औं गोल हो । खेलमा उरुग्व्ेले पनि केही राम्रा अवसर बनाएको थियो । टोलीका प्रभावशाली स्ट्राइकर लुईस स्वारेजले दुई वटा अवसर गुमाएका थिए । स्वारेजको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसनले सजिलै विफल पारिदिएका थिए । 

ब्राजिल उरुग्वेमाथि प्राय हावी हुँदै आएको छ । पछिल्ला १० भिडन्तमा ब्राजिलले उरुग्वेलाई हराएको छ । ब्राजीलले अर्को मैत्रीपूर्ण खेल मंगलबार लन्डनमै क्यामरुनसँग खेल्दैछ । उरुग्वेले पेरिसमा विश्वकप विजेता फ्रान्ससँग खेल्ने कार्यक्रम छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप