अनलाइनवाट टेलिकमको डाटा प्याकेज खरिद गर्न सकिने
काठमाडौं–नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ । अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गर्नु पर्ने टेलिकमले जनाएका छ ।
यो लगइन पछि आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्नु पर्ने र विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत त्यहीँ देख्न सकिने टेलिकमले जनाएको छ । ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नुपर्ने जनाइएको छ । पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिन्छ ।
सबै विवरण भरेर बाइ डाटा प्याक बटन थिचेपछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हने र यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स आवश्यक हुने जनाइएको छ ।
नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा स्टार १४१५ ह्याच डायल गरेर पनि लिन सकिन्छ । त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिने टेलिकमले जनाएको छ । तर ग्राहकको सुविधाका लागि अहिले अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको हो । यसबाट ग्राहक वर्गलाई डाटा प्याकेज लिन थप सहज हुने जनाइएको छ ।
नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ । त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद