भोलि उठी कहाँ जाने..., तीन दिनभित्र परिषद् खाली गर्न चिठी
शनिबार, ०१ मङ्सिर २०७५, ०८ : १६
काठमाडौं– शुक्रबार दिउँसो लैनचौरस्थित समाज कल्याण परिषद् कार्यालय छिर्दा कर्मचारीहरू निराश देखिन्थे। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।
भवन विभागका सचिव, सहसचिवसहितको टोली आएर नाँपजाँच गरिसक्यो। शुक्रबारै परिसर वरपर रहेका घाँस र झाडी काटियो।
सरकारले बुधबार परिषद्लाई तीन दिनभित्र कार्यालय खाली गराउन निर्देशन दिएपछि परिषद्मा अनिश्चितता छाएको हो। आफ्नो भवन र जग्गा उपराष्ट्रपतिलाई सुम्पिने निश्चित भएपछि कर्मचारी निराश र आक्रोशित देखिए।
सामाजिक कामका लागि चन्दाबाट जोडिएको भवन र जग्गा गुमाउन उनीहरू चाहँदैनन्। दानबाट प्राप्त भएको परिषद्को जग्गा ०३७ सालमा सरकारको स्वामित्वमा गएको थियो।
सरकारी निर्णयको कडा प्रतिवाद गर्न कर्मचारी सकिरहेका छैनन्। तर शुक्रबार दिउँसो उनीहरूले विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रम गर्ने जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी