शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो

शुक्रबार, ३० कात्तिक २०७५, २१ : ३१
शुक्रबार, ३० कात्तिक २०७५

इलाम– यहाँस्थित माङसेबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

आज दिउँसोे १ बजे माङसेबुङ गाउँपालिका–३ भञ्ज्याङस्थित फाल्गुनन्द कच्ची सडकखण्डमा पाँचथरबाट दमकतर्फ अदुवा लिएर गएको ट्र्याक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय नबिन कुरुवाङ र सहचालक धनकुटाका २२ वर्षीय गोकुल लिम्बूको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधव श्रेष्ठका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि दमक लाइफ लाइन झापा लगेकामा उपचारका क्रममा मृत्यु भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप