मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तै भयो, यो विकृति रोक्छुः उर्जामन्त्री पुुन

शुक्रबार, ३० कात्तिक २०७५, २० : १०
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचार्इंमन्त्री वर्षमान पुुनले जलविद्युत् नै समृद्धिको आधार भएकाले जनताको लगानीमा नै ठूला आयोजना बनाइने बताएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा, विश्व बैंकका उपाध्यक्षसहितको टोलीलाई लिएर  किमाथांका र अपर अरुण जलविद्युत परियोजनाको निर्माणस्थलको अवलोकन गरेका मन्त्री पुनले जलविद्युत आयोजना सरकारको प्राथमिकतामा रहेको बताएका समेत बताए ।

मन्त्री पुुनले किमाथांका आयोजना छलफलमार्फत  टुंग्याएर अघि बढ्ने बताए । उनका अनुसार उक्त आयोजना बनाउन चीन सरकारले चासो दिएको छ ।

मन्त्री पुुनले  तल्लो अरुण, अरुण चौथो आयोजना पनि चाँडै अघि बढाउँदै अरुण बेसिनलाई जलविद्युतको हब बनाउन लागिएको समेत बताए ।  ‘यसअन्तरगतका  सबै आयोजना अबको केही समयभित्रै निर्माणको चरणमा प्रवेश गर्ने छन्,’ उनले भने ।

अरुण तेस्रो भारतीय कम्पनी सतलजमार्फत निर्माण सुरु भएको र माथिल्लो अरुण पनि प्राधिकरणले निर्माण गर्न लागेको उनले बताए ।

ऊर्जामन्त्री पुनले आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तो मात्रै भएको टिप्पणी गर्दै अब आयोजनाहरु निर्माणको चरणमा लैजाने कुरामै सरकारको प्राथमिकता रहेको सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप