शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘निर्मलाको न्यायमा प्रदेश सरकार गम्भिर छ’

शुक्रबार, ३० कात्तिक २०७५, २० : ०६
शुक्रबार, ३० कात्तिक २०७५

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले १३ वर्षीया निर्मला पन्त हत्यामा सुदूरपश्चिम प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको ढोका अगाडि धर्नामा बसेका निर्मलाका बुबा÷आमालाई भेट्न आज यहाँ आउनुभएका मन्त्री शाहले निर्मलाको न्यायका निम्ति प्रदेश र सङ्घीय सरकार लागि परेको जानकारी दिए । 

‘दोषीलाई कारवाही गर्न सरकार आफ्नो ठाउँबाट लागेको छ,’ उनले भने, ‘सही अनुसन्धानबाट दोषी पत्ता लागोस्, पीडितलाई न्याय मिलोस् ।’

घटनाको नयाँ ढङ्गले अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप