बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेला महोत्सवमा छाडापन निरुत्साहन गर्न मुख्यमन्त्रीको आग्रह

शुक्रबार, ३० कात्तिक २०७५, १९ : ५८
शुक्रबार, ३० कात्तिक २०७५

परासी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मेला महोत्सवको नाममा अश्लिल र छाडा संस्कृतिलाई प्रोत्साहन नगर्न आग्रह गरेका छन् । 

महोत्सवमा छाडापन बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाटमा आजदेखि शुरु भएको तेस्रो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्वस्थ मनोरञ्जनलाई प्राथमिकता दिन आग्रह गरे । 

मुख्यमन्त्री पोखरेलले बर्दघाट नगरपालिका प्रदेश नं ५ कै पूर्वी मुख्य प्रवेशद्वार भएकाले नगरलाई प्रदेशको पहिचान झल्किने गरी सुन्दर, हराभरा र समृद्धिको दिशामा अघि बढाउन आग्रह गरे । 

उनले प्रदेश सरकारले नवलपरासीको परासीस्थित बाइपास क्षेत्रलगायत तीन वटा औद्योगिक क्षेत्र र करिडोर स्थापनाका लागि अध्ययन शुरु गर्न लागेको जानकारी गराए । 

प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल, बर्दघाट नगरपालिकाका प्रमुख धीरज बस्याललगायतले कार्यक्रममा बोल्नु भएको थियो । 

बर्दघाट उद्योग वाणिज्य सङ्घको आयोजना तथा बर्दघाट नगरपालिकाको सहआयोजनामा आजदेखि शुरु भएको मङ्सिर ११ गतेसम्म चल्ने मेलामा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको सङ्घका अध्यक्ष मीनराज शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप