बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सबै काम सरकारले मात्र गर्छ भन्ने सोचको अन्त्य नभएसम्म विकास हुँदैन : अध्यक्ष तिमिल्सिना

शुक्रबार, ३० कात्तिक २०७५, १९ : ५७
शुक्रबार, ३० कात्तिक २०७५

पोखरा– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकासको काममा सरकारको मुख ताक्नुभन्दा जनता आंफै अगाडी वढ्नुपर्ने बताएका छन् । अध्यक्ष तिमिल्सिनाले सबै काम सरकारले गर्छ भन्ने सोचको अन्त्य नभएसम्म मुलुकको विकास नहुने समेत बताए । कास्कीको लेखनाथ स्थित भण्डारढिक खेल मैदानमा स्थानीय आदर्श युवा क्लबले आयोजना गरेको प्रथम आदर्श महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले बिकासको काममा सरकार भन्दापनि जनता आफै अग्रसर हुनुपर्ने बताएका हुन ।

आदर्श क्लवले भण्डारढिकमा रहेको खेलमैदानको स्तरोन्नतिका लागी आयोजना गरेको महोत्सवले युवाहरुले सरकारको मुख ताक्न छोडेर आफु खुसी स्थानीय स्तरबाटै विकास गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको भन्दै अन्य समुदाय तथा संघ–संस्थाहरुले पनि विकासको काममा सरकारको मुख ताक्नुभन्दा पनि आफैले आफ्नो ठाउँबाट विकासको काममा अगाडी वढ््नुपर्नेमा तिमिल्सिनाको जोड रहेको थियो ।

पोखरा आफैमा पर्यटकीय शहर भएकाले यहाँको विकासमा सरकारले भन्दापनि स्थानिय स्तरबाटै जनताले बिकासको कामको सुरुवात गर्न सकेको खण्डमा सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले पूर्णता पाउने वताउदै तिमिल्सिनाले पछिल्लो समय विकासको हरेक काममा सरकारलाई दोश लगाउने गरेकोमा त्यसप्रति आक्रोस समेत ब्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप