चिकित्सकको सल्लाहमा उपचार गर्न बैंकक गएको हुँ : मुख्यमन्त्री राई (विज्ञप्तिसहित)
काठमाडौं– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफु चिकित्सकहरुको सल्लाहमा उपचारका लागि बैंकक हुँदै अमेरिका गएको बताएका छन् । स्वदेशमा उपचार गर्न छाडेर विदेश गएको भन्दै आलोचना खेपिरहेका मुख्यमन्त्री राईले स्वदेश फर्किएलगत्तै शुक्रबार एक विज्ञप्ति जारी गरि सो कुराको जानकारी दिएका हुन् ।
मुख्यमन्त्री राईले सामाजिक सञ्जाल र सञ्चारमाध्यामहरुमा हल्ला भएजस्तो नभई पूर्वनिर्धारित कार्यक्रम अनुसारनै बैंककमा चिकित्सकले आफ्नो उपचारको रिपोर्ट दिन केही ढिला गरेको र सो समयमा अमेरिका गएको समेत स्पष्ट पारेका छन् । उनले आफ्नो घाँटीको पछाडिको भागमा दुई वर्षदेखि समस्या झेल्दै आएको र नेपालका सरकारी र निजी अस्पतालमा उपचार गराउँदा खास रोगको पहिचान गर्न नसकेपछि बैंककमा उपचार गर्न गएको दाबी गरेका छन् ।
उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने आम सर्वसाधारणलाई धन्यवाद समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा