शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्युपछि सन्तानलाई  पैतृकसम्पत्ति दिने छैनन् शाहरुख, बताए यस्तो कारण

सोमबार, ०९ साउन २०७४, १३ : ५९
सोमबार, ०९ साउन २०७४

शाहरुख खानले आफ्नो मृत्युपछि सन्तानलाई पैतृकसम्पत्ति नदिने बताएका छन् । सम्पत्ति स्वरुप उनले सन्तानलाई राम्रो शिक्षा र एउटा घरबाहेक केही पनि नदिने उनले खुलासा गरेका छन् । यो कुरा उनले केही दिन अघि एक च्यानलाई दिएको अन्तर्वार्तामा भनेका हुन् । उनले भने, ‘हामी मध्यम वर्गीय परिवारका हौं । हाम्रो चाहना पैसा हुँदै होइन । म र गौरी यो कुरामा विश्वास राख्छौं कि यदी पैसा छ भने त्यसलाई राम्रो जीवन व्यतित गर्नमा खर्च गर्नुपर्छ ।’

शाहरुखले भने, ‘मैले कहिले पनि पैसा बचाइनँ । जति पनि कमाएँ, त्यसलाई फिल्म निर्माण र आवश्यक कामका लागि खर्च गरें ।’

सन्तानका लागि घर किन छोड्न चाहन्छन् शाहरुख ?

शाहरुख भन्छन्, ‘मुम्बई आउनुभन्दा पहिले मेरो घर थिएन । त्यसकारण म आफ्ना सन्तानका लागि घर छोड्न चाहन्छु । साथै, उनीहरुलाई राम्रो शिक्षा पनि दिन चाहन्छु ।’

‘मेरा सन्तान आफ्नै हिसाबले सादा जीवन बिताउँनेछन्  । हामी उनीहरुको हरेक आवश्यकता पूरा गर्र्छौं । तर हामीसँग त्यति पैसा नै छैन जुन उनीहरुलाई पैतृक सम्पत्तिको रुपमा सुम्पिन सक्छौं ।’

तीन सन्तानका पिता हुन् शाहरुखः

शाहरुख र गौरी तीन सन्तानका आमा–बुवा हुन् । सन् १९९७ मा उनीहरुको जेठो छोरा आर्यनको जन्म भएको थियो । सन् २०१६ मा उनले स्नातक गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप