डिपिएल क्रिकेट: तेस्रो संस्करण माघ १९ गतेदेखि सुरु हुने
काठमाडौं– धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको तेस्रो संस्करण आगामी माघ १९ गते देखि सुरु हुने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गरिने जानकारी गराएको हो । गत संस्करण बैशाख र त्यसअघिको पहिलो संस्करण चैतमा सम्पन्न भएको थियो ।
नयाँ संस्करणसँगै प्रतियोगिताको बजेट पनि बढेर ५ करोड पुगेको छ । मुख्य प्रायोजन विजय डिस्टिलरीले १ करोड १० लाख बराबरको प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्बन्धी सम्झौतामा शुक्रबार विजय डिस्टिलरीका चिफ फाइनान्स अफिसर सतिश कर्ण र एकेडेमीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि एकेडेमीका अध्यक्ष शाहीले प्रतियोगिता सफल पार्न सबैलाई आग्रह गरे ।
प्रतियोगितामा ६ शहरका ६ टोलीलाई नै निरन्तरता दिइनेछ । प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेञ्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्सलाई नै निरन्तरता दिइएको छ ।
प्रतियोगिताको यसअघिका दुवै संस्करण टिम चौराहा धनगढीले जितेको थियो । पछिल्लो संस्करणको उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाएकोमा यस पटक पुरस्कारको रकम भने सार्वजनिक गरिएको छैन । टी–२० फर्म्याटमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । लिग चरणमा शीर्ष चारभित्र पर्ने टोली प्लेअफका लागि छानिनेछ ।
पहिलो प्लेअफमा शीर्ष दुई स्थानमा रहेका टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । लिगको तेस्रो र चौथो हुने टिमले इलिमिटेनर खेल खेल्नेछन् । त्यस खेलको विजेताले पहिलो प्लेअफमा पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
हरेक टिममा रहने १५ खेलाडीमध्ये बढीमा २ जना विदेशी खेलाडी र एक जना स्थानीय खेलाडी अनिवार्य गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती
-
हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल