शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लैंगिक समानताका लागि यति एयलाईन्स, राष्ट्रसंघको महिला टोलीको आतिथ्यता महिला कर्मचारीबाटै

शुक्रबार, ३० कात्तिक २०७५, १८ : ५३
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं । लैंगिक समानतालाई महत्व दिँदै आएको यति एयरलाईन्सका महिला कर्मचारीले संयुक्त राष्ट्रसंघको विशेष महिला टोलीलाई सेवा प्रदान गरेको छ । 

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपाध्यक्ष अमिना जेन मोहम्मद, संयुक्त राष्ट्रसंघ रेसिडेन्ट को–अर्डिनेटर तथा यूएनडीपीकी नेपाल प्रतिनिधि भेलरी जुलीयन र संघका अन्य कर्मचारीलाई यतिका महिला कर्मचारीले नै सेवा दिएका छन् ।

महिलाहरु विभिन्न पेशा, व्यापार लगायत नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन भन्दै महिलालाई प्रोत्साहन दिँदै आएको यतीले संयुक्त राष्ट्रसंघको महिला टोलीलाई आफ्नो सेवामा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरेको छ । 

साथै एयरलाईन्सले लैंगिक समानताका लागि संयुक्त राष्ट्रसंघको विकास लक्ष हासील गर्ने बाटोमा आफू प्रतिबद्ध रहेको जनाएको छ । साथै उडानमा लैंगिक समानता प्राप्त गर्नुहोस र महिला तथा केटीहरुलाई सशक्त पार्नुहोस् भनी आफ्नो भनाई सावैजनिक पनि गर्दै आएको छ ।
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप