बंगलादेशद्वारा रोहिंग्या शरणार्थीहरुको देश फिर्ती कार्यक्रम रद्व
एपी– बिहिबार रोहिंग्या मुसलमानहरुलाई म्यानमार फर्काउने योजना बंग्लादेश सरकारको योजना रद्व भयो । बंगलादेशी अधिकारीहरुका अनुसार देश फर्किन चाहने एकजना पनि शरणार्थी नपाएपछि यो कार्यक्रम त्यागिएको हो ।
म्यानमारमाथि आफ्ना लाखौं नागरिकहरुलाई जातीय सफाया गर्ने क्रममा देशबाट लखेटेको आरोप लागेको छ । ‘शरणार्थीहरु फिर्ता जान इच्छुक छैनन्,’ शरणार्थी कमिश्नर अबुल कलामले एपीलाई भने । उनका अनुसार आफूहरुले शरणार्थीहरुलाई देश फर्कन बाध्य बनाउन नसक्ने तर मनाउने प्रयास जारी राख्ने बताए ।
सरकारको घर फिर्ती सूचिमा रहेका केही मानिसहरु समेत म्यानमार फर्काइने डरमा फरक शरणार्थी क्याम्पमा गएर लुकेका थिए भने बाँकी कयौं यो योजनाको विरोधमा भइरहेको एक ठूलो ¥यालीमा सहभागी भए ।
सेना र बौद्ध भिजिलान्तेहरुबाट भएको हत्या र गाँउको ध्वङबाट बच्नको लागि सन् २०१७ अगष्टदेखि ७,००,००० रोहिंग्या मुसलमानहरुले म्यानमार छाडिसकेका छन् । यो घटनाको लागि म्यानमारको विश्वभर आलोचना भइरहेको छ ।
संयुक्त राष्ट्रले बिहिबारको बंग्लादेशी सरकारको कदमको स्वागत गरेको छ । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीले देश फिर्ती कार्यक्रमको लागि सहजीकरणको भूमिका खेलेको भए पनि यो कार्य स्वेच्छिक हुनुपर्ने बताएको छ ।
बंग्लादेशका परराष्ट्रमन्त्री ए.एच.महमूद अलिले ढाकामा रिपोर्टरहरुसँग बोल्दै शरणार्थीहरुलाई बलजफ्ती घर फर्काउने आफूहरुको कुनै योजना नभएको बताए । ‘हामीले उनीहरुलाई शरण दिएका छौं भने हामी किन जबर्जस्ती गर्छौं र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम