शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाजुरामा ७ महिने नाबालिका हिरासतमा

शुक्रबार, ३० कात्तिक २०७५, १८ : ०३
शुक्रबार, ३० कात्तिक २०७५

बाजुरा– गौमुल गाउँपालिका–४ बस्ने एक महिलाकी सात महिने नाबालिका छोरीलाई एक सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पाइएको छ । 

सातमहिने नाबालिकालाई एक सातादेखि हिरासतमा राखिएको प्रति आफन्तले आपत्ति जनाएका छन् । नेपालको संविधानले १० वर्षमुनिका बालबालिकालाई यातना दिन नपाइने अभिवक्ता हर्क खडायतले बताए । प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले नाबालिकाकी आमा कमला रोकायालाई सोही वडाकी सङ्गीता रोकायाले ठगी मुद्दा दायर गरेपछि महिला प्रहरीको सेफ हाउसमा राखिएको जानकारी दिइन् । 

उनले सो वडामा रहेको बालविकास केन्द्रमा कर्मचारी राख्ने विषयमा विवाद हुँदा ठगीको उजुरी परेपछि पक्राउ गरिएको बताइन् । नाबालिकालाई एक सातादेखि हिरासतमा राख्दासमेत जिल्लामा बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्था तथा अधिकारकर्मीले चासो नदेखाएको आफन्तको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप