शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा गायक योञ्जनको मृत्यु

शुक्रबार, ३० कात्तिक २०७५, १७ : ५३
शुक्रबार, ३० कात्तिक २०७५

दोलखा–  ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । 

आज बिहान करीब ९ बजे दोलखा, विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो । भिरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्र्याक्टर सडकभन्दा करिब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप