गृहमन्त्री बादल र युएनएचसिआरका एसिया निर्देशकबीच भेटवार्ता
काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालय(युएनएचसिआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तले आज शिष्टचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्या लगायतका शरणार्थीको विषयमा केन्द्रीत रहेको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र पुर्नस्थापनाका लागि युएनएचसीआरले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गरे ।
उनले भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुर्नस्थापना कार्यक्रम सफल भएको बताउँदै करिब एकलाख भुटानी शरणार्थीहरुलाई सो कार्यक्रममार्फत तेस्रो मुलुकमा व्यवस्थापन गरिएको बाँकी रहेका करिब ६ हजार पाँच सय भुटानी शरणार्थीहरुका सम्बन्धमा छिट्टै समाधान निस्कने विश्वास व्यक्त गरे ।
निर्देशक रातवत्तेले शरणार्थीका विषयमा नेपालले खेल्दै आएको भूमिका सराहनीय रहेको टिप्प्णी गरे । बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारसँग मिलेर काम गर्न युनएनएचसिआर तयार रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश