नक्कली पश्मिनामा सक्कली लेबल लगाएर बिक्री गरेको भन्दै संघको आपत्ति
काठमाडौं– अन्र्तराष्ट्रिय स्तरमा नक्कली पश्मिनामा सक्कली पश्मिनाको लेवल लगाएर बेचेको भन्दै नेपाल पस्मिना उद्योग संघले आपत्ति जनाएको छ । संघले विहिबार पत्रकार सम्मेलन गरेर अन्र्तराष्ट्रिय जगतमा केही व्यवसायीहरुले नेपाली पस्मिनाको छवि धुमिल्याएको भन्दै असन्तुष्टि जनाएको हो ।
पस्मिना भन्दै पोलिष्टर र भिस्कोर्षमा पनि सक्कली पस्मिनाको लेबल लगाएर बेचेको संघको आरोप छ । देशकै निर्यातजन्य वस्तु मध्येको एक वस्तुको रुपमा रहेको पस्मिनाबाट केही व्यवसायीले अल्पकालीन रुपमा फाइदा लिएर दीर्घकालिन रुपमा देशको छवि विगारेको संघले भनेको छ । साथै नक्कली पस्मिानाको व्यापार गर्नेलाई सरकारले जुनसुकै बेला कारबाही गर्न सक्ने भन्दै संघले पस्मिना व्यवसायीलाई पुस १७ गतेसम्म आफ्ना उत्पादनमा लेवल लगाउन भनेको छ ।
संघले यसका लागि जागरुक अभियानलाई तिब्रता दिएको छ । शंका लागेको पस्मिानलाई नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशालामा परीक्षण गर्ने र दोषी देखिए कारबाही समेत हुने चेतावनी संघले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी