प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा पक्राउ परेका नेविसंघका नेता साधरण तारिकमा रिहा
शुक्रबार, ३० कात्तिक २०७५, १७ : २५
काठमाडौं— काभ्रेको तपेश्वर उच्च माविका ईकाई अध्यक्ष कृष्ण ढकाल साधरणख तारिकमा रिहा भएका छन् ।
ढकाललाई काठमाडौं जिल्ला अदालतले शुक्रबार रिहा गरेको संघका केन्द्रीय सदस्य सुशील भट्टले रातोपाटीलाई जानकारी दिए । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा व्यङग्य गरिएको कार्टुन फेसबुकमा सेयर गरेको अभियोगमा कार्तिक १९ गते काभ्रे प्रहरीले पक्राउ गरेको थियो ।
नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टका अनुसार ढकालले फेसबुकमा सेयर गरेको उक्त कार्टुन ढकालले बनाएको नभई अरु कसैले बनाएका थियो । उनलाई विना स्वार्थ रिहाको माग गर्दै नेविसंघले दबाब दिँदै आएको थियो ।